प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
४८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह

सारांश

  • काठमाडौँ, १० जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताबीच भेटवार्ता गरेका छन् ।
  • संसद नियमावलीमा छलफलका लागि प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरुसँग भेट गरेका हुन् ।
  • फौजदारी अभियोग लागेका सांसदलाई पद निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा टुंगो लाग्न नसक्दा संसद नियमावली पास हुन सकेको छैन ।

काठमाडौँ, १० जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताबीच भेटवार्ता गरेका छन् ।

संसद नियमावलीमा छलफलका लागि प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरुसँग भेट गरेका हुन् । फौजदारी अभियोग लागेका सांसदलाई पद निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा टुंगो लाग्न नसक्दा संसद नियमावली पास हुन सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा संसद् नियमावली, संसदीय समिति गठन, संसद्को अन्तरिम कायविधि, सरकारको नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएकोछ ।

संसद नियमावली पास हुन नसक्दा राज्यका महत्वपूर्ण काम रोकिएका छन् । नियमावली पास नभएका कारण संसदीय सुनुवाई समिति गठन हुन सकेको छैन । संवैधानिक परिषदको वैठक बस्न सकेको छैन । प्रधानमन्त्री ओलीले नियमावली बनाउने विषयमा सहमति गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका छन् । 

संसदीय सुनुवाई समिति गठन हुन नसक्दा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको नियुक्ति हुन सकेको छैन । विभिन्न आयोगहरुमा प्रमुखहरुको नियुक्ति हुन सकेको छैन । प्रधानमन्त्री ओलीले सबै विषय संसदको नियमावलीमा अड्केकाले काम अघि बढ्न नसकेको भन्दै त्यसलाई पास गर्न विपक्षी दलका नेताहरु समक्ष आग्रह गरेका हुन् ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए ।

प्रमुख प्रतिपक्षी दलकातर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, मीनेन्द्र रिजाल उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पामा मात्र ६७ जना एचआइभी संक्रमित !
चीन सक्रिय : चिनियाँ उपमन्त्रीसँग प्रचण्डको भेटवार्ता, के भयो वार्तामा ?
चीन सक्रिय : चिनियाँ उपमन्त्रीसँग प्रचण्डको भेटवार्ता, के भयो वार्तामा ?
दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान
दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान
म्याग्दीमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम बिस्फोट
म्याग्दीमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी बम बिस्फोट
हेर्नुहोस् निधी र महतो विच मच्चियो यस्तो खैलाबैला ! ‘ निधी विरामी भएकाले पछि हट्ने तयारी’
हेर्नुहोस् निधी र महतो विच मच्चियो यस्तो खैलाबैला ! ‘ निधी विरामी भएकाले पछि हट्ने तयारी’
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !
मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !
‘हामी नेपाल प्रहरी’ गीत छोटो समयमै चर्चामा (भिडियो)
‘हामी नेपाल प्रहरी’ गीत छोटो समयमै चर्चामा (भिडियो)
कुष्ठरोगका ८८ नयाँ बिरामी
कुष्ठरोगका ८८ नयाँ बिरामी
१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा
१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा