नेपाल र सिंगापुरको खेल रोकियाे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नेपाल र सिंगापुरको खेल  रोकियाे !

सारांश

  • काठमाडौं,  १७ भदाै ।
  • एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाका कारण रोकिएको छ ।
  • १५२ रनको विजयी लक्ष्य पाएको नेपालले ७ ओभरमा ३४ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।

काठमाडौं,  १७ भदाै । एसिया कप छनोट अन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाका कारण रोकिएको छ । १५२ रनको विजयी लक्ष्य पाएको नेपालले ७ ओभरमा ३४ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । यसअघि सिंगापुरले ४१।५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५१ रन जोड्न सक्यो । युकेएम ओभल मैदानमा खराब सुरुवात गरेको सिंगापुरले १८ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। सोमपाल कामीले प्रारम्भिक ब्याट्सम्यान अर्जुन मुत्रेजालाई शन्य र रोहन रंगराजन ८ रनलाई गर्दा ललितनारायण राजबंशीले अरिता दत्तालाई ८ रनमा आउट गरेपछि सिंगापुर नाजुक अवस्थामा पुगेको थियो।

३ विकेट गुमेपछि चौथो विकेटको लागि कप्तान चेतन सूर्यबंशी र अनिश परमले चौथो विकेटकको लागि ८० रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए। सूर्यबंशीले ६१ रन बनाउने क्रममा ८८ बलमा १ छक्का र ८ चौका तथा अनिशले ३१ रन बनाउन ६७ बलमा २ चौका प्रहार गरे। अनिशलाई दिपेन्द्र ऐरीले २७ औं ओभरमा रन आउट गरेपछि सूर्यबंशीलाई पनि ललित राजबंशीले एलबिडब्लु गरे । त्यसपछि भने सिंगापुरले लगातार विकेट गुमाउन थाल्यो।

सिंगापुरलाई सस्तैमा रोक्ने क्रममा सन्दिप लामिछाने र ललितनाराण राजवंशीले उत्कृष्ट बलिङ गरे । दुवैंले समान ३ ३ विकेट लिए । यस्तै, सोमपाल कामीले २, पारस खड्का र बसन्त रेग्मीले समान १(१ विकेट लिन सफल भए । नेपालले केही बेरमा जावाफी ब्याटिङ गर्ने छ ।

प्रतियोगिताको फाइनल पुग्दै एसिया कप खेल्ने सपनालाई कायम राख्न नेपाललाई खेल जित्नै पर्ने दवाब रहेको छ । यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स ९युएई० मा संचालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनोट प्रतियोगितामा भागलिंदै छन् ।

प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हङकङ, ओमान र सिंगापुर भिड्दै छन् । यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह ‘ए’ मा रहेर भारत र पाकिस्तानसंग समूह चरणमा खेल्ने मौका प्राप्त गर्ने छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    Nepal won the game by 6 wicket to Singapur.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?