प्रधानमन्त्री देउवालाई ठूलो धक्का , गृहजिल्लामै २० जनाको बागी उम्मेदवारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवालाई ठूलो धक्का , गृहजिल्लामै २० जनाको बागी उम्मेदवारी

सारांश

  • डडेल्धुरा, असार ५ – नेपाली कांग्रेसका सभापति समेत रहुनरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा उहाँकै पार्टीबाट २० जनाले बागी उम्मेदवारी दिएका छन् ।
  • पार्टीभित्र उम्मेदवार छनौटमा चरम असन्तुष्टि देखिएसँगै निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्तामा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिँदै कांग्रेसकै नेताले बागी उम्मेदवारको रुपमा उठेको देखिएको छ ।
  • पार्टी नेतृत्वले टिकट वितरणमा अन्याय गरेको भन्दै ठूलो संख्यामा पार्टीकै नेताले उम्मेदवारी गर्दा गराएका हुन् ।

डडेल्धुरा, असार ५ – नेपाली कांग्रेसका सभापति समेत रहुनरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा उहाँकै पार्टीबाट २० जनाले बागी उम्मेदवारी दिएका छन् ।

पार्टीभित्र उम्मेदवार छनौटमा चरम असन्तुष्टि देखिएसँगै निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्तामा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिँदै कांग्रेसकै नेताले बागी उम्मेदवारको रुपमा उठेको देखिएको छ । पार्टी नेतृत्वले टिकट वितरणमा अन्याय गरेको भन्दै ठूलो संख्यामा पार्टीकै नेताले उम्मेदवारी गर्दा गराएका हुन् ।

जिल्लामा स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षसहित सदस्य पदमा समेत बागी उम्मेदवारी परेको जनाइएको छ ।

को–को हुन बागी उम्मेदवार ?

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त मनोनयन अनुसार दुईवटै नगरपालिका र दुई वटा गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी भन्दै उनीहरुले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस डडेल्धुराका क्रियाशील सदस्य रहेका नरभान पार्कीले अमरगढी नगरपालिकामा नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै नगरपालिकाकै वडा नं. १ बाट पुष्पराज जोशी, वडा नं. ३ बाट वीरबहादुर ऐर, वडा नं. ४ बाट तेज बहादुर बोहरा र गगन सिंह बिष्ट, वडा नं. ६ बाट बलराम भट्ट र वडा नं. ९ बाट नर बहादुर पालले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै वडा नं. ७ बाट खुला सदस्यमा गणेश सिंह साँकीले समेत उम्मेदवारी दिएका छन् ।

भित्रिमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा त्रिभुवन विश्वविद्यालयका नेविसंघ पूर्व सदस्य विजय कुमार बोहराले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुखमा लाल बहादुर दमाईको उमेदवारी रहेको छ । साथै नगरपालिकाकै वडा नं. १० को अध्यक्षमा नेपाली कांग्रेसका मिन बहादुर बोहराले स्वतन्त्र उमेदवारी दिएका छन् ।

अजयमेरु गाउँपालिकाबाट ७ जनाले बागी उम्मेदवारी दिएका छन् । गाउँपालिका अध्यक्षका लागि त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियु सभापति लोकराज भट्ट र नेपाली कांग्रेस जिल्ला समिति सदस्य लोकराज भट्टले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा कृष्ण बहादुर बिष्ट र शिवराज शाहले उम्मेदवारी दर्ता गराएको जनाइएको छ । यस्तै वडा नं. १ बाट अध्यक्ष पदमा भुवन सिंह ताम्राकार र वडा नं. ५ बाट देवराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी भागेश्वर गाउँपालिका ५ मा नेपाली कांग्रेसका क्रियाशिल सदस्य गोपाल नाथले वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने नवदुर्गा गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका क्रियाशील सदस्य टेक बहादुर साउदले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेका छन् । ती मध्ये तीन वटा गाउँपालिका बाहेक सबैमा कांग्रेसबाट बागी उम्मेदवार उठेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कहाँ कति रकम विनियोजन भयो ? (पूर्णपाठ)
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कहाँ कति रकम विनियोजन भयो ? (पूर्णपाठ)
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार
लागुऔषधसहित युवक पक्राउ
लागुऔषधसहित युवक पक्राउ
जलजलाको मृगौला उपचार खर्च जुटाउन लाइभ म्यूजिक गरिँदै
जलजलाको मृगौला उपचार खर्च जुटाउन लाइभ म्यूजिक गरिँदै
बलात्कारको घटना मिलापत्र गराउनेलाई ३ वर्ष कैद सजाय हुने
बलात्कारको घटना मिलापत्र गराउनेलाई ३ वर्ष कैद सजाय हुने
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
मृत अवस्थामा महिला फेला
मृत अवस्थामा महिला फेला

तपाईंले छुटाउनुभयो कि?