ट्रकले ३१ वटा कारलाई ठक्कर दिएपछि १५ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
ट्रकले ३१ वटा कारलाई ठक्कर दिएपछि १५ को मृत्यु

सारांश

  • चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ ।
  • चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरू ४४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
  • लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ वटा कारलाई ठक्कर दिएको थियो ।

चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरू ४४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ वटा कारलाई ठक्कर दिएको थियो ।

घाइतेमध्ये दशजनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । प्रहरीले ट्रकचालकलाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरिसकेको बताएको छ । चीनमा सवारी दुर्घटनाका घटना बारम्बार हुने र वर्षेनी हजारौँको मृत्यु हुने गरेको छ । अधिकारीहरूका अनुसार सन् २०१५ मा मात्र सडक दुर्घटनामा करिब ५८ हजारको मृत्यु भएको थियो । अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लंघनका कारण हुने गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?