मन्त्रीहरूकाे तिहार खल्बल्याउने प्रचण्डकाे याे पछिल्लाे अभिव्यक्ति !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २२ कात्तिक ।
  • सबै हिन्दू नेपालीहरू तिहारमा रमाइ रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू फेर्ने कुरा गरेर राजनीतिलाई आफूतिर तानेका छन् ।
  • पोखरामा पार्टी निकटका पत्रकारहरूले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरू फेरबदल गरेर अघि बढ्नु पर्ने बताएका थिए ।

काठमाडौं, २२ कात्तिक । सबै हिन्दू नेपालीहरू तिहारमा रमाइ रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरू फेर्ने कुरा गरेर राजनीतिलाई आफूतिर तानेका छन् । पोखरामा पार्टी निकटका पत्रकारहरूले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रीहरू फेरबदल गरेर अघि बढ्नु पर्ने बताएका थिए । प्रचण्डले बाेलेकाे याे भित्री तयारीका साथ हलचल मच्चिने गरेर दिएको अभिव्यक्तिले तरंग उत्पन्न भएको छ ।

अघिल्लो पटक मन्त्री फेरबदलको कुरा गर्दा ओलीबाट ठेस खाएका प्रचण्डले यस पटक गृहकार्य गरेरै बोलेको नेकपाका एक नेताले बताएका छन् । ‘वर्तमान सरकारका केही मन्त्रीहरू हेरफेर गरेर सरकारको कामलाई प्रभावकारी बनाउँदै अघि बढ्नुपर्छ’, उनले भनेका छन्, ‘सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे–जे समस्या छ, ती कुरालाई ध्यान दिएर, नमिलेका कुरा मिलाएर भएपनि सरकार अघि बढ्छ ।’ प्रचण्डले केपी ओली नेतृत्वको सरकारले जनताले अपेक्षा गरेजस्तै गरी काम गर्ने भन्दै सम्पूर्णलाई विश्वस्त हुन आग्रह पनि गरेका छन् ।

लालबाबु पण्डित, रघुवीर महासेठ, रविन्द्र अधिकारी, मातृकाप्रसाद यादव, रामबहादुर थापा लगायतका केही मन्त्रीहरूको कामकारबाहीबाट जनता सन्तुष्ट नरहेको आरोप लाग्दै आएका छन् । यी मन्त्रीहरूका बारेमा बेलाबेला पत्रपत्रिकाले कटु आलोचना गर्दै आएका पनि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
जर्मनी युरोकपको क्वाटरफाइनलमा
जर्मनी युरोकपको क्वाटरफाइनलमा
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी
जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी
मोदीको नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्झौता हुने
मोदीको नेपाल भ्रमणका क्रममा रेलमार्ग सम्झौता हुने
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
चक खाने यी महिला
चक खाने यी महिला
बोडो समूहसँग सम्झौता, आसाममा शान्तिको आशा
बोडो समूहसँग सम्झौता, आसाममा शान्तिको आशा
नातिले हजुरआमा र बाबुले छोरीलाई बलात्कार गरेको आरोप
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे,  सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे, सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध