नेपाल आइडल सिजन २ को ‘फिनाले’ आज
सारांश
- काठमाडौं, ६ पुस ।
- नेपालकै सर्बाधिक चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन २ को ग्रान्ड फिनाले आज (शुक्रबार) हुने भएको छ ।
- ‘नेपाल आइडल सिजन २’ ले टप ४ प्रतिस्पर्धी पाइसकेको छ।
काठमाडौं, ६ पुस । नेपालकै सर्बाधिक चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन २ को ग्रान्ड फिनाले आज (शुक्रबार) हुने भएको छ । ‘नेपाल आइडल सिजन २’ ले टप ४ प्रतिस्पर्धी पाइसकेको छ।
आज (शुक्रबार) साँझ ५ बजे ‘नेपाल आइडल सिजन २’ को ग्रान्ड फिनाले पुल्चोक ईन्जिनियरिङ क्याम्पस ग्राउन्डमा हुने भएको छ । नेपाल आइडलको बिजेता पाउने तयारीमा रहेको नेपाल आइडलमा बिक्रम बराल , सुमित पाठक, अस्मिता अधिकारी र रबि ओड बाँकी रहेका छन्।
बिहिबार प्रशारण भएको एपिसोड ३५ मा रबि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो जोडदार प्रस्तुति दिईसकेका छन् । अब यी उत्कृष्ट ४ जना प्रतिस्पर्धीहरुको प्रस्तुतिको आधारमा भोटिङ मार्फत ‘नेपाल आइडल सिजन २’ को बिजेता छान्ने पालो सम्पूर्ण दर्शकहरुको पोल्टामा गएको छ ।
अहिले रहेका सबै प्रतिस्पर्धीहरु उत्तिकै राम्रा छन् र सबैको पकड फ्यान बीच राम्रो छ। पोखराका बिक्रम बराल , सुदुरपश्चिमका रबि ओड , झापाका सुमित पाठक र अस्मिता अधिकारी सबै नेपाल आइडल विजेताका दाबेदार बनिसकेका छन्।
नेपाल आइडलमा हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै यहाँ सम्म आइपुगेका उत्कृष्ट ४ जना प्रतिस्पर्धीहरु मध्ये एक नै नेपाल आइडल बन्ने छन्। ‘नेपाल आइडल सिजन २’ को बिजेता को बन्छ यो भने शुक्रबार बेलुका नै थाहा हुनेछ।
https://www.youtube.com/watch?v=M8R_VySktHc&feature=youtu.be
प्रतिक्रिया