‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १०, २०७३
|
|
८३४ पटक हेरिएको
Shares
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा

सारांश

  • बुधबारदेखि नेपालमा एक चलचित्रको छायांकन सुरु भएको छ ।
  • मंगलबार शुभ साइत गरेर छायांकन सुरु गरिएको चलचित्रको नाम ‘करोडपति’ राखिएको छ ।
  • यहि, नाममा नायक भूवन केसीले एक दशक अगाडि चलचित्र बनाएका थिए, जुन सुपरहिट भएको थियो ।

बुधबारदेखि नेपालमा एक चलचित्रको छायांकन सुरु भएको छ । मंगलबार शुभ साइत गरेर छायांकन सुरु गरिएको चलचित्रको नाम ‘करोडपति’ राखिएको छ । यहि, नाममा नायक भूवन केसीले एक दशक अगाडि चलचित्र बनाएका थिए, जुन सुपरहिट भएको थियो ।

अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको यो चलचित्रमा भारतीय चलचित्रका चर्चित कमेडी कलाकार राजपाल यादव मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकनका लागि राजपाल यादव नेपाल आइसकेका छन् र उनले आजबाट छायांकन सुरु गरेका छन् । यादवले करिब २ साता नेपालमा यो चलचित्रको छायांकन गर्नेछन् ।

अनलाइनखबरलाई श्रोतले दिएको जानकारी अनुसार यो चलचित्रमा अन्य २ भारतीय कलाकारको पनि अभिनय रहनेछ । जसका लागि चलचित्रको छायांकन करिब १५ दिन मुम्बइमा गरिनेछ । राजपाल यादवको सबै दृश्य खिचेपछि चलचित्रको यूनिट जोमसोम र मुस्ताङ जाने वुझिएको छ ।

चलचित्रको छायांकनको बारेमा कुनै पनि जानकारी यसको निर्माणपक्षले दिएको छैन । वुझिएअनुसार, राजपाल यादवको भूमिका नेपालीकै भएकाले गर्दा उनी छायांकनका लागि नेपाल आएका हुन् ।

चलचित्रको मुख्य भूमिकामा राजपालसँगै नायक आर्यन अधिकारी र नायिका नीता ढुंगाना देखिनेछन् । आर्यनले चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी
रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी
१५ थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ !
अवैध डलर बारे आनी छोइङको यस्तो खण्डन
अवैध डलर बारे आनी छोइङको यस्तो खण्डन
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
भ्रष्ट र नालायक सरकारको काम छैन : ओली
भ्रष्ट र नालायक सरकारको काम छैन : ओली
कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप
कांग्रेस–माओवादी र एमाले कार्यकर्ताबीच झडप
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’   बाबुराम भट्टराई ।
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ बाबुराम भट्टराई ।
गौतम र रावलको राजनीतिक यात्रा: अब कता?
गौतम र रावलको राजनीतिक यात्रा: अब कता?
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत