सुन प्रकरण: तिनजना प्रतिवादीलाइ अदालतले दियाे यस्ताे अादेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १ भदाै।
  • उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य अपहरण तथा हत्या प्रकरणका तीन प्रतिवादीलाई थुनामुक्त गर्न अस्विकार गरेको छ।
  • थुनामुक्त भइ मुद्दा लड्न पाउँ भन्दै उनीहरूले दिएको निवेदन उपर अदालतले बिहीबार यस्तो आदेश दिएको हो।

काठमाडाै, १ भदाै। उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य अपहरण तथा हत्या प्रकरणका तीन प्रतिवादीलाई थुनामुक्त गर्न अस्विकार गरेको छ। थुनामुक्त भइ मुद्दा लड्न पाउँ भन्दै उनीहरूले दिएको निवेदन उपर अदालतले बिहीबार यस्तो आदेश दिएको हो।

तस्करी प्रकरणका अभियुक्त तक्ले भन्ने पुण्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङ्गे र राजन कुमारलाई कारागारमै बसेर मुद्दा लड्न अदालतले आदेश दिएको हो। यी तीनै जना जिल्ला अदालत मोरङको आदेशमा हाल पूर्पक्षका लागि झुम्का कारागारमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका लामा र तोलाङगे सुन ओसारपसारमा संलग्न रहेको मुद्दा लागेको छ।

यस्तै राजन कुमार सनम शाक्यको हत्यामा प्रत्यक्ष संलग्न रहेको अभियोग छ। उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिंहको इजलासले लामा र तोलाङगे तथा न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषीराम दुवाडीको इजलासले बिहीबार अन्तिम आदेश दिँदै जिल्ला अदालतकै आदेश सदर गरेको हो।मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माले आरोपीहरूलाई पूर्पक्षमा राखेर मुद्दा सुनवाइ गर्न आदेश दिएको थियो।

सरकारले मन्त्रिपरिषद्को २०७४ चैत २० को निर्णयबाट उर्लाबारीका सनम शाक्य हत्या र सुन तस्करी अनुसन्धानका लागि सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो। टोलीले हत्या, अपहरण र तस्करी प्रकरणको तीन महिना लामो अनुसन्धान गरेर प्रतिवेदन सरकारलाई बुझाएको छ।

(https://www.drogueriasanjorge.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा पछिल्लो २४ घण्टामा ३८८ जना कोरोना संक्रमित
न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति
न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
२२ वर्षपछि सुपरहिट फिल्मकाे सिक्वेल लिएर अाउँदै सनी
मतदाता तान्न उम्मेद्धवारद्धारा गाउँगाउँमा मदिरा र मासुभात
मतदाता तान्न उम्मेद्धवारद्धारा गाउँगाउँमा मदिरा र मासुभात
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित
पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने
पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोड्ने
​एमालेलाई पाखा लगाउन खोज्दै प्रचण्ड…
​एमालेलाई पाखा लगाउन खोज्दै प्रचण्ड…
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !