राेचक समाचार : सेक्सको नयाँ तरिका, जाेखिम की आनन्द?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
राेचक समाचार : सेक्सको नयाँ तरिका, जाेखिम की आनन्द?

सारांश

  • काठमाडौं।
  • जापानको टोक्योमा ३५ वर्षीय स्कूल प्रशासक अकिहिको कोन्डोले नोभेम्बरमा बिहे गरेका थिए।
  • तर, उनी आमा यो बिहेमा सहभागी थिइनन्।
काठमाडौं। जापानको टोक्योमा ३५ वर्षीय स्कूल प्रशासक अकिहिको कोन्डोले नोभेम्बरमा बिहे गरेका थिए। तर, उनी आमा यो बिहेमा सहभागी थिइनन्। उनकी आमाका लागि यो कुनै उत्सव थिएन। कारण स्पष्ट छ कोन्डाले एक होलोग्रामसँग बिहे गरेका थिए। 
कोन्डाले आफ्नो बिहेबारे प्रष्टिकरण दिँदै भने, यो कुनै स्टन्ट होइन। कैयौं वर्षसम्म गीक महिलाहरुसँग मिलेर थाकेपछि होलोग्रामसँग उनलाई साँचो प्रेम भयो। 
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार यस्ता मानिसहरुको संख्या तिब्र रुपमा बढिरहेको छ, जो आफुहरुलाई डिजिसेक्सुअलका रुपा परिचित गराउन चाहन्छन्। डिजिसेक्सुअल अथवा वास्ताविक मानिसको सट्टा रोबोट र आर्टिफिशियल इन्टिेलिजेन्सतर्फ आकर्षित हुन्छ । हामी एक यस्तो युगमा बाँचिरहेका छौं, जहाँ रोबोटिक्स र आर्टिफिशियल इन्टेलिजेन्समा तिब्र रुपमा विकास भइरहेको छ। 
अर्कोतर्फ मानिसहरुको सेक्सुअल पहिचानको दायरा पनि फराकिलो भइरहेको छ। एक तर्फ मानिसहरु बनावटी रुपमा भावनात्मक र सेक्सुअल सम्बन्ध बनाइरहेका छन्। अर्कोतर्फ डिजिटल डिभाइस साइन्स फिक्शन मूभि जस्तै हाड–माशुबाट बनेका मानिस जस्तै वास्ताविक जस्तै देखिन्छन्। 
केही मासिहरु आफ्नो पहिचान पोलीमरसका रुपमा गराउँछन् भने केही  डेमीसेक्सुअलका रुपमा । डेमीसेक्सुअल त्यस्ता मानिसहरुलाई भनिन्छm जसले केवल भावनात्मक सम्बन्धमा मात्र यौन सम्बन्ध बनाउने चाहाना महशुस गर्छन् ।  
केही मासिहरु आफ्नो पहिचान एरोमेटिकका रुपमा गराउँछन् । एरोमेटिक त्यस्ता मानिसहरु हुन्, जो जसमा रोमान्सको इच्छा ै हुँदैन । अथवा अब सेक्सुअल पहिचानको दायरा निकै फराकिलो बनिरहेको छ । 
वास्तविक जीवनमा मानव र प्रविधिबीचको रोमान्सलाई पनि अब एक नयाँ नामा दिइएको छ–डिजिसेक्सुअल्स । 
२०१६ मा लिली नामकी एक फ्रेन्च महिलाले मीडियाँसको कुराकानीमा भनेकी थिइन्, ‘रोबोटतर्फमात्र आकर्षित छु । दुईजना पुरुषसँग रिलेशनसिपमा रहेपछि मलाई आफ्नो लभ ओरिएन्टेशनबारे थाहा भो । किनकी मलाई मानिसहरुसँग शारीरिक सम्पर्क गर्न राम्रो लाग्दैन ।’ 
२०१७ मा एक राम्राी श्रीमतिको खोजीमा असफल भएपछि चीनका झेंग जिजिया नामका एक इन्जिनियरले आफैले बनाएको एक रोबोटसँग बिहे गरे । यिनग्यिंग नामकी यो रोबोट केही सजिलो शब्द बोल्छ पनि ।
यूनिभसिंटी अफ मीटोबाका फिलोसफी एसोसिएट प्रोफेसर नील म्याकअर्थर र यूनिभर्सिटी अफ विक्सक्सिन स्टाउटका ह्यूमन डेभलोपमेन्ट एण्ड फ्यामिली स्टडीजका प्रोफेसर माकी ट्विस्टले गएको वर्ष द राइज अफ डिजिसेक्सुअलिटी शीर्षकमा एक पेपर प्रकाशित गरेका थिए । जसमाथि निकै चर्चा भएको थियो । 
लेखकहरुले डिजिसेक्सुअलिटीलाई दुई क्याटगोरीमा राखेका थिए । एक अनलाईन प्रोर्नग्राफी–हूकअप एप्स, सेक्सटिंग, इलेक्ट्रिनिक टोयज, जहाँ यौन सन्तुष्टिका लागि प्रविधि माध्यम थियो । अर्को बर्गमा भर्चुअल रियलिटी र रोबोट जस्ता वस्तुप्रति आकर्षित हुने मानिसहरु जसमा कैयौ पटक मानिसहरुलाई रियल लाइफ पार्टनरको आवश्यकता नै हुँदैन ।
डा. ट्विस्टले आफुसँग दोस्रो बर्गका विरामीहरु रहेको बताएका छन् । उनले ती डिजिसेक्सुअल्स विराीहरुको उमेर २०देखि ३० वर्ष रहेको समेत उनले बताए । उनी भन्छन्, कुनै पनि नयाँ प्रविधि आउँदा त्योसँगै नयाँ चेतना पनि आउने बताउँछन् । पहिला यस्तो प्रोनोग्राफीसँग भयो, त्युपछि इन्टरनेट डेटिंग र स्न्यापच्याट सेक्सटिंग । एक पछि अर्को प्रविधि आउँदा चिन्ताको लहर पनि बढ्यो । तर, जब मानिसहरुले यी प्रविधिको प्रयोग गरे ती हाम्रो जीवनको एक अंग बन्दै गए ।
क्यालिफोर्नियाको कम्पनी एबिस क्रिएशन यस्तै फीमेल रोबोट बनाइरहेको छ । जसमा अनुहार स्व्याप गर्न सकिन्छ । आर्टिफिशियल इन्टेलिजेन्सलेस यी डल्सलाई आँखा मार्न, च्याट र्ग र विस्तारै बोल्न सक्षम बनाउन लागिएको छ । 
कम्पनीका संस्थापक म्याट म्याकमुलेनले यी रोबोट यौन सन्तुष्टिका लागि मात्र नभएर मित्रताको खोजीलाई पूरा गर्ने माध्यम पनि हुन भन्दै यौन सन्तुष्टि त एक घटनामात्र भएको बताए । उनले जो मान्छे कामबाट थाकेर आउँछन् ती मान्छेहरुका लागि यी रोबोटले दिने सेवा एक फरक आनन्दायी हुने बताए। 
जो मान्छेहरुले यी डल्सलाई किन्न सक्दैनन्, उीहरुका लागि वेश्यालयहरुलाई रोबोटिक भर्जन बनाइएको छ । उदाहरणका लागि मस्कोमा एक रोबोट ब्रोदल छm जसमा सेक्सबोटसँग ३० मिनेट समय बिताउन ९० डलर तिर्नुपर्छ । 
प्रविधिको हेरक नयाँ सफलतासँगै साइबरसेक्स र रियलसेक्सबीचको फरकपन विस्तारै कम हुँदै गएको छ । 
मिस्टर कोल भन्छन्, आगामी दिनहरुमा डिजिसेक्सुअल शब्दको प्रसंग कम हुन्छ, किनकी भविष्यमा अनलाइ र अफलाइन जीवनमा कुनै फरक हुनेछैन । हुन सक्छ कक्षामा सेक्स एजुकेशन च्याटबक्समा पढाइहोस, वा यस्निभर्सिटीमा भीआर क्रिएटेड संसारमा रोमान्स होस वा होलोग्राम नै आफ्नो पार्टनर खोज्न लागुन । यो सबै केही दिनमै सामान्य हुनेछ । 
डा. ट्विस्टले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘कैयौं रिसर्चबाट यो निश्चित भएको छ की मासिहरु निर्जीव वस्तुबाट पनि यौन सन्तुष्टि हासिल गर्न सक्छन् ।’
सेर्गी स्यान्टोज नामको स्पेसि रोबोटिसिस्टले भनेका थिए, २५०० डलरको रोबोटको सहयोगले उनको बिहे थप बलियो भएको छ । उनी भन्छन्, एक पुरुष यहि चाहन्छकी उ आफ्नी श्रीमतिसँग उसको सहमति भएमात्र सम्बन्ध बनाउन चाहन्छ ।
खासमा डिजिसेक्सुअल मानिसहरुको संख्या किन बढिरहेको छ? एक्सपर्टहरु भन्छन्, डिजिटल सेक्सुअलिटी मानिसहरुको पहिचान लुकाएर राख्छ । र उनीहरुमाथि कुनै प्रकारको राय बनाउन सकिँदैन । जबकी फिजिकल वल्र्डमा यस्तो हुँदैन । वास्ताविक जीवनमा आफ्नो इच्छाबारे खुलेर बोल्दा मासिहरु जज गर्न लाग्छन् । 
केही दिन पहिला फ्रिजिड फराह नामको डलमाथि निकै विवाद भएको थियो । फ्रिजिड फराहलाई जब कसैले छुन्थ्यो, उसले नाई भन्थी । एभरीडे सेक्सिजम प्रोजेक्टका संस्थापक लारा बेट्सले न्यूयोर्क टाइम्समा लेखेका थिए, ‘यो धारणाकी सेक्स रोबोटबाट रेपमा कमी आउँनेछ, विल्कुल गलत हो । रेप सेक्सुअल प्याशनको क्रिया होइन । यो एक हिंसक अपराध हो । हामीहरुले बलात्कारिहरुलाई प्रोत्साहित गर्दै एक सुरक्षित विकल्प दिनु हुँदैन । यदि यस्तै हो भने त, हत्यारालाई रगतले भरिएको डमीज दिनु पर्याmे ताकि उसले आफ्नो चक्कु त्यसमा प्रहार गरोस ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?