आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन
सारांश
- काठमाडौं ।
- हालैमात्र मुम्बईको स्वस्तिक फ्रेन्चाइजी म्यानेजमेन्टसँग भारतका विभिन्न शहरमा १ शय वटा सैलुन सञ्चालन गर्ने सम्झौता गरेका हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले मुम्बई म्यानेजमेन्टको तर्पmबाट पहिलो फ्रेन्चाइजीस्वरुप आसामको राजधानी गुहाटीस्थित जीएस रोडमा निल डेभिड युनिसेक्स सैलुन सञ्चालनमा ल्याएका छन् ।
- सैलुनको उद्घाटन निलका साथमा आसामी अभिनेत्री निसिता गोस्वामीले गरेकी थिइन् ।
काठमाडौं । हालैमात्र मुम्बईको स्वस्तिक फ्रेन्चाइजी म्यानेजमेन्टसँग भारतका विभिन्न शहरमा १ शय वटा सैलुन सञ्चालन गर्ने सम्झौता गरेका हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले मुम्बई म्यानेजमेन्टको तर्पmबाट पहिलो फ्रेन्चाइजीस्वरुप आसामको राजधानी गुहाटीस्थित जीएस रोडमा निल डेभिड युनिसेक्स सैलुन सञ्चालनमा ल्याएका छन् ।
सैलुनको उद्घाटन निलका साथमा आसामी अभिनेत्री निसिता गोस्वामीले गरेकी थिइन् । निसिता आसामबाट पहिलो राष्ट्रिय पुरस्कार पाउने अभिनेत्री मोलोया गोस्वामीकी अभिनेत्री छोरी हुन् । ११ सय स्क्वायरमा पैmलिएको निल डेभिड्स इन्टरनेशनल युनिसेक्स सैलुन महाराष्ट्रका व्यापारी अभिनन्दन रोयले झण्डै ४० लाख भारतीय रुपैयाँमा सञ्चालनमा ल्याएका हुन् ।
झापाको लक्ष्मीपुरका निलले काठमाडौं र जिल्लाबाहिरका शहरसँगै भारतका विभिन्न शहरमा अत्याधुनिक सुविधायुक्त सैुन विस्तार गर्दै आएका छन् । ४९ सैलुन र एकेडेमीबाट ४ सयभन्दा बढीलाई रोजगार दिएका निलको फ्रेन्चाईजी सन् २०१८ मुम्बई मेनेजमेन्टको अर्को प्रोजेक्टस्वरुप अलाहबादकी व्यापारी अर्चना अग्रवालले झण्डै १ करोडको लगानीमा अलाहबादमै निल डेभिडस इन्टरनेशनल सैलुन एण्ड एकेडेमी सञ्चालनमा ल्याउने भएकी छिन् ।
यसका साथै अब बनारस, लखनउ, नोडिया र दिल्लीमा पनि फ्रेन्चाइजी सञ्चालनमा ल्याउने तयारी भईरहेको निलले जानकारी गराएका छन् ।
नेपालका लागि पनि फ्रेन्चाइजी ब्राण्ड विस्तार गर्दै आएका निलले काठमाडौंमा ५ फ्रेन्चाइजीका साथमा विर्तामोड, धरान, काँकडभित्ता, पथरी, नेपालगञ्ज र भैरहवामा पनि फ्रेन्चाइजी सञ्चालनमा ल्याउने तयारी भईरहेको बताए ।
यसका लागि निल थप नयाँ टेकनिकको हेयर स्टाइल अध्ययनका लागि एक साता लण्डन जाने भएका छन् । उनी केहीअघि मात्र अहमदाबाद गुजरातकोका हेयर एण्ड ब्यूटी प्रोडक्टस ब्रिलारे साइन्सको नेपालका लागि ब्राण्ड एम्बेसडर भएका छन् ।
प्रतिक्रिया