हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने

सारांश

  • ‘भारतीय नाकाबन्दीले पीडित नागरिकको मत गठबन्धनलाई’ निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको छ ।
  • संस्थापन पक्षको असोज र पौडेल–सिटौला पक्षको १५ असारभित्र बैठक गर्नुपर्ने अडानका बीच भदौभित्रै महासमितिको बैठक गर्ने निर्णय भएको हो ।
  • महासमितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक पार्टीको विधान संशोधनलगायतका निर्णय गर्न सक्छ ।

‘भारतीय नाकाबन्दीले पीडित नागरिकको मत गठबन्धनलाई’

निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको छ । संस्थापन पक्षको असोज र पौडेल–सिटौला पक्षको १५ असारभित्र बैठक गर्नुपर्ने अडानका बीच भदौभित्रै महासमितिको बैठक गर्ने निर्णय भएको हो ।

महासमितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक पार्टीको विधान संशोधनलगायतका निर्णय गर्न सक्छ । विधानमा महाधिवेशन हुने वर्षबाहेक एक वर्षमा एकपटक महासमिति बैठक हुने उल्लेख छ । शेरबहादुर देउवा २६ महिनाअघि सभापति भएपछि पहिलोपटक महासमितिको बैठक बस्न लागेको हो ।

‘जिल्ला सभापति भेला ०७५ जेठ महिनाको अन्तिम सातामा गर्ने, जिल्ला सभापति भेला एवं ग्राम र नगरपालिका तहसम्मका पार्टीको सांगठनिक संरचना तथा भ्रातृ र शुभेच्छुक संस्थामार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यको तयारी गरी ०७५ भाद्र महिनामा महासमितिको बैठक आयोजना गर्ने’ कांग्रेस निर्णयमा उल्लेख छ ।

विधान संशोधन समिति बन्ने

बैठकले विधान संशोधन समिति बनाउने निर्णय पनि गरेको छ । स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचना मुताविक पार्टीको पुनर्संरचना गर्न विधान संशोधन गर्न लागेको छ ।

अन्तर्घातीलाई कारबाही

निर्वाचनका क्रममा पार्टीको अनुशासन उल्लघंन तथा अन्तर्घात भएको भन्दै छानबिन गरी कारबाही अघि बढाउने घोषणा कांग्रेसको छ ।

‘जिल्लाअन्तर्गतका निकायहरू, पार्टी कार्यकर्ता र नेताहरू तथा उम्मेदवारको उजुरी र रिपोर्टमा उल्लेख भएको कुरालाई ध्यानमा राख्दै पार्टीलाई थप अनुशासित एवं मर्यादित बनाउन छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यसमितिको यो बैठक अनुशासन समितिलाई निर्देश गर्दछ ।’ निर्णयमा उल्लेख छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?