सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सारांश
- काठमाडौं।
- सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
- बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई रिहा गर्न आदेश दिएको हो।
काठमाडौं। सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई रिहा गर्न आदेश दिएको हो।
जिल्ला अदालत रौहतटले राउतलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो। राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्न दिएको आदेश बदर गर्दै सर्वोच्चले राउतलाई रिहा गर्न आदेश दिएको हो।
राउतमाथि राज्य विप्लव गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया