आसिया बीबीको मृत्युदण्ड रद्द भएपछि हंगामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
आसिया बीबीको मृत्युदण्ड रद्द भएपछि हंगामा

सारांश

  • पाकिस्तानको एउटा अदालतले धर्म निन्दाको अभियोगमा दोषी ठहर गरिएकी एक इशाई महिलालाई दिएको मृत्युदण्डको फैसला खारेज गरेको छ ।
  • आसिया बीबी नामकी ती इशाई धर्मावलम्बी महिलाले सन् २०१० मा छिमेकीहरुसँगको झगडाका क्रममा मुस्लिम धर्मगुरु पैगम्बर मुहम्मदको अपमान गरेको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाइएको थियो ।
  • तर आरोपको आसियाले खण्डन गर्दै आएकी थिइन् ।

पाकिस्तानको एउटा अदालतले धर्म निन्दाको अभियोगमा दोषी ठहर गरिएकी एक इशाई महिलालाई दिएको मृत्युदण्डको फैसला खारेज गरेको छ । आसिया बीबी नामकी ती इशाई धर्मावलम्बी महिलाले सन् २०१० मा छिमेकीहरुसँगको झगडाका क्रममा मुस्लिम धर्मगुरु पैगम्बर मुहम्मदको अपमान गरेको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाइएको थियो ।

तर आरोपको आसियाले खण्डन गर्दै आएकी थिइन् । यद्यपी उनले यो अभियोगमा ८ वर्षभन्दा बढि कारावास भोगिसकेकी छिन् । आफुमाथिको मृत्युदण्ड खारेज भएको फैसलालाई अझै पत्याउन नसकिरहेको उनले प्रतिक्रिया दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले खबर प्रकाशित गरेका छन् ।

ईश्वर निन्दाको आरोपमा तल्लो अदालत र उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएकोमा सर्वोच्च अदालतदे उक्त आरोपबाट मुक्त गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।

आसिया बिबीले उच्च न्यायालयको फैसला विरुद्ध सर्वोच्चमा दिएको उजुरीमा बुधबार फैसला आएको हो । पाकिस्तानी सर्वोच्च अदालतको तीन सदस्यीय बेन्चले अक्टोबर ८ मा फैसला सुरक्षित गरेको थियो । त्यहि फैसला बुधबार सुनाइएको हो ।

अदालतको उक्त फैसलापछि धर्मनिन्दा सम्बन्धी कडा कानुनहरूका पक्षधर कट्टरपन्थीहरूले हिंसात्मक विरोध प्रदर्शनहरू गरेका छन् । कराची, लाहोर, पेशावर र मुल्तान जस्ता शहरहरूमा सो अदालती फैसलाको विरोधमा प्रदर्शनहरू भएका छन् । ती स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका विवरणहरू आएका छन्।

राजधानी इस्लामावादमा सर्वोच्च अदालत रहेको रेड जोन भनिने उच्च सुरक्षा व्यवस्था रहेको क्षेत्रमा मानिसहरूको आवागमनलाई प्रहरीले बन्द गरिदिएको छ। प्रदर्शनकारीहरूलाई अदालतबाट टाढा राख्नका लागि सुरक्षा सैन्य परिचालन गरिएको छ।

अदालतको फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश साकिब निसारले भने, ‘अन्य कुनै मुद्दाको सिलसिलामा थुनामा राख्न आवश्यक नभए आसिया बीबी लाहोर नजिकैको सेकुपुरास्थित जेलबाट तत्काल बाहिर निस्कन सक्नेछिन्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?